October 29, 2021

प्रचण्ड–नेपाल पक्षले निर्वाचन पार्टीको आधिकारिकताका दाबी

EC registers RJPN, Sajha Party - myRepublica - The New York Times Partner,  Latest news of Nepal in English, Latest News Articles

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ । मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी पेश गरेको हो ।सो पक्षले ४४१ केन्द्रीय सदस्यमध्ये बहुमत संख्या आफुहरुसंग रहेकाले आफुहरु नै आधिकारीक भएको दावी गरेको छ । निर्वाचन आयोगमा आधिकारिकता दाबीको पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताउनुभयो ।

ओली पक्षले आफूलाई आधिकारिक रहेको दाबी गर्न संविधानले छुट दिएको भए पनि तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आफूहरुले नै आयोगबाट आधिकारिकता पाउने उहाले बताउनुभयो । दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्ने बेला आएको उहाले बताउनुभयो ।खनालले सुरुमा दुवै समूहले आ–आफू आधिकारिक रहेको दाबी गरे पनि यो विवाद निरुपणको समय बल्ल आइपुगेको तर्क गर्नुभयो । उहाले अध्यक्ष केपी ओलीलाई बिधानबमोजिम नै हटाइएको जानकारी पनि आयोगलाई गराइएको बताउनुभयो ।त्यस्तै नेकपा सो पक्षका नेता राजेन्द्र पाण्डेले यसअघि दल अध्यावधिक भनिएपनि अव भने राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार नै आफुहरुले दावी पेश गरेको जानकारी दिनुभयो । उहाले सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश नदिए पनि त्यहि विषयमा संसद पुनस्र्थापना हुने कि नहुने भनी अदालतमा बहस भइरहेको अवस्थामा रहेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताउनुभयो ।नेकपा आधिकारीकताका बिषयमा निर्वाचन आयोग अनिर्णिति भएपछि प्रचण्ड–नेपाल पक्षले आधिकारीकताका लागि दावी सहित पत्र दिएको हो ।

Leave a Reply

Your email address will not be published.