August 1, 2021

प्रचण्ड र माधवकुमार नेपाल माइतीघर मण्डलामा धर्नामा सहभागी

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आइतबार माइतीघर मण्डलामा धर्नामा सहभागी हुनुभएको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको माइतीघर मण्डलमा माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय प्रचण्डनेपाल लगायतका नेता कार्यकर्ता सहभागी हुनुभएको हो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले दक्षिणपन्थीहरु खुसी भएको बताउनुभएको छ ।नेता पाण्डे ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको बताउनुभयो । उहाँले ओलीको कदमले दक्षिणपन्थीहरु सल्बलाइरहेको उल्लेख गर्दै राजावादीहरुले अहिले ओलीलाई राजनेता भन्न थालेको पनि उहाँले बताउनुभयो ।

पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैन थालेको उहाँको भनाई छ । नेता पाण्डेले प्रधानमन्त्री ओलीले समाजवादको यात्रामा घात गरेको आरोप लगाउनुभयो ।यसअघि माघ २१ गतेसम्म धर्ना कार्यक्रम जारी रहने बताइएपनि सोमबारदेखि वाग्मती प्रदेशसभाको बैठक सुरु हुने भएकाले आइतबार नै धर्ना कार्यक्रमको समापन गरिएको प्रचण्ड–नेपाल पक्षकी स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।धर्नामा नेकपाका शीर्ष नेतासहित विघटित प्रतिनिधिसभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेशसभा सदस्यहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.