



नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनी आयोजना गरेको छ ।नयाँ बर्षलाई लक्षित गर्दै प्रतिष्ठानले मंगलबारबाट पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनी गरेको हो । प्रदर्शनीको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा हालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू राखिएका छन् ।विभिन्न विषयका ४ सय ५० वटा पुस्तक र करिव १०० वटा पत्रपत्रिकाहरू हेर्न र खरिद गर्न पाइने प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै प्रदर्शनीमा नेपाली शव्दकोषको १० औं संस्करण, बिभिन्न जातिय शव्दकोष जातिय संस्कृतिबारे जानकारी दिने पुस्तकहरु पनि राखिएका छन् । पुस्तकहरू हरेक नेपालीहरूको हातमा पुर्याउन प्रदर्शनी गरिएको प्रतिष्ठानका कुलपति उप्रेतीले बताउनुभयो । उहाले बर्षमा चार पटक पुस्तक प्रदर्शन गरिने गरेर यसबाट पुस्तक कति प्रकाशन हुन्छ र पाठकको चासो कस्तो छ भन्ने जानकारी मिल्ने बताउनुभयो ।पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनी १५ दिनसम्म चल्ने र पाठकहरुको माग भए केहिदिने प्रदर्शनी लम्विन सक्ने कुलपति उप्रेतीले जानकारी दिनुभयो ।
