November 24, 2022

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गर्नुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ लिएपछि उपसभामुख भुसालले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबार पुग्दा उपसभामुख भुसाललाई संसद सचिवालयका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै भुसालले बाँकी रहेको अवधिमा प्रतिनिधिसभालाई थप प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने बताउनुभयो ।

गठबन्धनबाट उम्मेदवार बन्नुभएकी कांग्रेसकी सांसद भुसालले प्रतिनिधिसभामा भएको निर्वाचनमा एमालेकी उम्मेदवार बिद्या भट्टराईबिरुद्ध बहुमत प्राप्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.