August 2, 2021

प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सिटमा नै बस्ने

प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा नै बस्ने भएका छन् ।नेकपाको बिभाजन औपचारिक रुपमा नै नभएको भन्दै संसद सचिवालयले नेकपाका सवै सांसदहरुलाई सत्तापक्षकै सिटमा राख्ने व्यवस्था मिलाएको हो ।संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आफ्नो अनुकुलताका आधारमा नेकपा सांसदहरु तोकिएको स्थानमा बस्न सक्ने जानकारी दिनुभयो ।

त्यस्तै उहाले नेकपाको दुवै पक्षबाट सचेतकको पत्र पठाएकाले पत्रका आधारमा हालका लागि दुवै पक्षका सचेतकलाई सेवा उपलव्ध गराइएको बताउनुभयो ।त्यस्तै उहाले संसद बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.