December 1, 2023

प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

सरकारको आग्रहमा संसद बैठक सारिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *