May 20, 2024

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने जानकारी गराउनुभएको हो । उहाले निर्वाचनको कार्यक्रम प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको थियो । उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ । उपसभामुखको मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *