April 18, 2024

प्रतिनिधिसभाको लेखा समितिले समितिको वार्षिक प्रतिवेदन २०७८ पारित

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले समितिको वार्षिक प्रतिवेदन २०७८ पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले एक्काइसौँ वार्षिक प्रतिवेदन २०७८ पारित गरेको हो । समितिको प्रतिवेदनमा सार्वजनिक लेखा समितिका निर्णय तथा निर्देशनहरू, महालेखापरीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कारबाहीहरूको विवरणहरू र विभिन्न समयमा समितिले गठन गरेका उपसमितिका प्रतिवेदन तथा भ्रमण प्रतिवेदनहरु समेटिएको समिति सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

समितिबाट पारित भएसंगै बार्षिक प्रतिवेदन सदनमा पेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *