January 27, 2023

प्रतिनिधिसभामा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण

प्रतिनिधिसभामा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार संसद सचिवाललय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आले र राईलाई सपथ खुवाउनुभएको हो ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका आले डोटीबाट निर्वाचित हुन भएको हो भने राई नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य मनोनीत हुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.