July 30, 2021

प्रतिनिधिसभा बिघटन विरुद्ध कपाल मुण्डन गरेर विरोध

प्रतिनिधिसभा बिघटन विरुद्ध कपाल मुण्डन गरेर विरोध गर्न खोजेका नेविसंघका आवद्ध बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रतिनिधिसभा विघटन गरेर हत्याले संविधानको हत्या गरेको भन्दै उनीहरुले कपाल मुण्डन गरेर सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए ।

विरोध प्रदर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले नेविसंघ आवद्ध बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघका दर्जनभन्दा बढी विद्यार्थी पक्राउ परेको नेविसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.