July 30, 2021

प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभर शक्ति प्रदर्शन

नेकपाको दाहाल–नेपाल समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभर शक्ति प्रदर्शन गरेको छ ।नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले मंगलबार काठमाडौं उपत्यका लगायत देशभरि नै शक्ति प्रदर्शन गरेका ेहो । काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका हो । टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, बागबजार, रत्नपार्कबाट जुलुस भएका थिए । जुलुसहरु भृकुटीमण्डपमा जम्मा भएका छन् ।

भृकुटीमण्डपमा अध्यक्षद्वय दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नुभएको छ । यो समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै पहिलो चरणको कार्यक्रम अन्तर्गत पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.