July 26, 2021

प्रतिनिधिसभा विघटन वैधानिक हुन नसक्ने

Nepali Congress - Wikipedia

नेपाली कांग्रेसका नेता रमेश लेखकले अवैधानिक प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन वैधानिक हुन नसक्ने बताउनुभएको छ ।आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंगं कुरा गर्दै लेखकले अहिलेको प्रतिनिधिसभा विघटन अवैधानिक प्रधानमन्त्रीले गरेको बताउनुभयो । आफूले बहुमत ल्याउन नसक्ने, प्रधानमन्त्री रहिरहन नसक्ने सरकारलाई निरन्तरता दिन नसक्ने, त्यसकारण वैकल्पिक सरकार बनाउनका लागि प्रक्रिया खोलिदिनुस् भनेर ओलीले राष्ट्रपतिलाई अनुरोध गरेको भन्दै उहाले बैकल्पीक सरकार नबनेको अवस्थामा अहिलेको प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार नभएको जिकिर गर्नुभयो । नेता लेखकले आफूहरुले त्यस कदमका विरुद्ध राजनीतिक र न्यायिक दुवै लडाइँ लड्ने र त्यसका लागि आवश्यक तयारी भइरहेको जिकिर गर्नुभयो ।

त्यस्तै कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेकाले न्यायलयले यसलाई उल्टाइदिने दावी गर्नुभयो । जनता कोरोना संक्रमणको उपचार नपाएर ज्यान गुमाउने अवस्थामा पुग्दा पनि सरकारको ध्यान निर्वाचनमा केन्द्रीत हुनु दुखद भएको उहाको भनाई छ ।कांग्रेसले आइतबार संसदीय दलको कार्यालयमा सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.