July 30, 2021

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा

prachanda-pradarshan-2 - Naya Bihani

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा हारिसकेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा विद्यार्थी नेता तिलक भण्डारीद्वारा लिखित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचनमा उहाले अदालतप्रति विश्वास रहेको र जनताको पक्षमा आउने फैसलाको औपचारीक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिलेको मुद्दा हारिसकेको तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने उहाको भनाई थियो ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको रहेको बताउनुभयो । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेको युद्ध जित्नुपर्ने उहाले बताउनुभयो । प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप पनि लगाउनुभयो । उहाले ओलीले ७० बर्ष लामो संघर्षले ल्याएको परिवर्तनलाई अपहरण गर्न खोजेको टिप्पणी पनि गर्नुभयो । चुनवाङ बैठकबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएको भन्दै उहाले अहिलेपनि एक पक्ष जनयुद्धमा भएको त्याग तपस्या बलिदानीलाई महत्व दिन नचाहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.