January 27, 2023

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ । शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका छन । एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने सहमति पत्रमा भनिएको छ ।

सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.