December 5, 2023

प्रतिनिधि सभाले प्रस्ताव पास गरेर मात्रै विघटन गर्न पाउनुपर्ने

Speaker Agni Sapkota to consult former speakers today - Khabarhub Khabarhub


NCP Chooses Agni Sapkota As HoR Speaker | New Spotlight Magazine

सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे प्रतिनिधि सभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । शनिबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको बिधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताउनुभएको हो । सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मानका लागि पनि यस्तो व्यवस्था हुनुपर्ने उहाको भनाई छ । जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरु ठूलो केही हुन नसकने भन्दै उहाले आफूले कानुनभन्दा बाहिर गएर कुनै काम नगर्ने धारणा राख्नुभयो ।

संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेकाले संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने उहाले बताउनुभयो । त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बिधि र बिधान बनाउने क्रममा आफुले गरेको योगदानको मुल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो । सभा चलाउनेदेखि सांसदहरुले पालना गर्नुपर्ने नियमका बारेमा जिम्मेवार हुनुपर्ने भन्दै उहाले इतिहासको कठघरामा आनन्दित हुने काम गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बिधायन समितिका सभापति परशुराम मेघी गुरुङद्वारा लिखित नेपालमा कानूनको सामाजिक जाँच पुस्तक बिचोन गरिएकोे थियो भने बिभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *