July 27, 2021

प्रदर्शनमा पार्टीको ऐक्यवद्धता रहको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको प्रदर्शनमा पार्टीको ऐक्यवद्धता रहको बताउनुभएको छ ।सोमबार पार्टी कार्यालय चावाहीलमा पार्टीको झण्डा र चूनावचिन्ह सार्वजनिक गर्न आयोजित कार्यक्रममा थापाले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताउनुभएको हो । उहाले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा पूर्वराजाको कुनै प्रतिक्रिया नआउनुले जनतामा राजतन्त्रमाथिको आस्था र विश्वास बढेर गएको धारणाारख्नुभयो ।अहिलको वर्तमान अवस्थामा जनताले परिवर्तन चाहेको भन्दै उहाले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गर्नुभयो ।त्यस्तै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकार दिशाहिन र उपलव्धीहिन मार्गमा अघि बढेको आरोप लगाउनुभयो ।

जनताका लागि वर्तमान सरकारले सिन्का पनि भाच्न नसकेकाले जनतामा निराशा छाएको उहाको भनाई छ । उहाले जनताको जनआवाजलाई फराकिलो पार्न राप्रपा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।त्यस्तै राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पु¥याउने बताउनुभयो ।कार्यक्रमका अन्य वक्ताहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको देशव्यापी आन्दोलन स्वाभाविक भएको भन्दै यसलाई निष्कर्षमा पुराउनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.