



ेकपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा प्रदेश कमिटीका नेताहरुले आफ्नो प्रदेशको अबस्थाबारे बिफ्रिङ गरेका छन् ।पेरिसडाडामा आइतबार बसेको बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक स्थिति, पार्टीमाथि भएको आक्रमण, कम्युनिस्ट आन्दोलन लगायका विषयमा धारणा राखेको श्रेष्ठले बताउनुभयो । त्यस्तै बैठकमा आफूले केन्द्रका तर्फबाट पार्टी एकता, एकताको उद्देश्य, एकतको उद्देश्यमा कसरी प्रहार भयो भन्नेलगायका विषयमा धारणा राखेकोे उहाले बताउनुभयो ।
त्यसैगरी आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता हुन दिएको निर्देशन र अर्को पार्टीमा गएकाहरु भन्ने नेताहरुलाई स्पष्टीकरण माग्ने स्थायी कमिटीको शनिबारको बैठककै निर्णयलाई पनि बैठकले सदर गरेको उहाले जानकारी दिनुभयो ।केन्द्रीय समितिमा पेश गरिएको बिभिन्न एजेण्डामाथि सोमबार पनि छलफल हुने श्रेष्ठले बताउनुभयो । सोमबार केन्द्रीय सदस्यहरुले धारणा राख्ने उहाले बताउनुभयो ।
