November 27, 2022

प्रदेश सरकारले गरेको कामको बिषयमा पुनरावलोकन गरिने

Province 1 Chief Minister Rai suspends 15 lawmakers - DCnepal

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा बिषयमा पुनरावलोकन गरिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री राईले आचार्य नेतृत्वको सरकारले रित नपुराई गरेका कामलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै पुनरावलोकन गरिने बताउनुभएको हो । उहाले यसअघिको प्रदेश सरकारले कानूनबितपरित र रित नपुराई धेरै काम गरेको र त्यसलाई खारेज गर्ने धारणा राख्नुभयो ।

उहाले आफु अगाडीका दुई वटा सरकारले गरेका महत्वपूर्ण र राम्रा कामलाई भने वेवारिसे नछाड्ने भन्दै निरन्रता दिने उल्लेख गर्नुभयो ।त्यस्तै मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा प्रदेशको नामाङ्करणलाई टुङ्गो लगाउन पहलकदमी र नेतृत्व लिने जिकिर गर्नुभयो ।उहाले प्रदेशको बजेट अत्यन्तै सानो रहेको र बजेटको आयातनलाई ठूलो बनाउन प्रयास गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.