January 19, 2022

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा

Amendment can't make Constitution all-acceptable, says Rawal - The  Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest  Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।प्रदेशसभामा विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गर्नुभएको हो । आचार्यल ेअहिलेको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नरहेको बताउनुभयो । आफ्नो सरकारमाथि भएको आलोचनालाई सकारात्मक रुपमा लिने भन्दै आचार्यले आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर काम गरेको उहाले बताउनुभयो ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा सीमित भएको थियो । सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुनुहन्छ ।

Leave a Reply

Your email address will not be published.