


नेकपा एमाले केपी ओली समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् ।सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् ।
केपीओलीको समर्थनमा नारा लगाउदै पुत्दा दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।
