July 13, 2024

प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले महाअभियोगको सडक, संसद र न्यायलयबाट प्रतिवाद गर्ने निर्णय गरेको हो । त्यस्तै एमालेले बाहिर चर्चा गरिएजस्तो सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनै काउन्टर महाअभियोग नल्याउने स्पष्ट पारेको छ । यद्धपी सांसदहरुको हस्ताक्षर भने संकलन गरिएको र नेतृत्वले आवश्कता अनुसार प्रयोग गर्न सक्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर आएका समाचारहरु पूर्वअनुमान मात्रै रहेको भन्दै उहाले वस्तुस्थितिको ठोस अध्ययन गरेर ठोस निर्णय आओस् भन्ने सुझाव सांसदहरुको आएको जानकारी दिनुभयो । त्यस्तै बैठकले अमेरिकी सहायता परियोजना (एमसीसी) बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान दोहो¥याएको छ । यस बिषयमा आवश्यक परेका बेला एमालेले आवश्यक निर्णय लिने उहाको भनाई छ । बैठकमा एमाले अध्यक्ष केपी ओलीले अदालतलाई अस्थीर बनाउने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने उदेश्यले महाभियोग आएको र प्रतिवाद गर्नुपर्ने बताउनुभएको भट्टराईले बताउनुभयो ।

बैठकमा सांसदहरुले महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई बोकेर चुनावमा जान नहुने सुझाव दिएका थिए । बैठकले राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने जिम्मा पार्टी नेतृत्वलाई दिएको छ ।

One thought on “प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोगको प्रतिवाद गर्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *