March 27, 2023

प्रधानमन्त्रीको प्रस्ताव आएको भनेर माधव नेपालको झुटो प्रचार

NCP intraparty disputes: Oli holding discussion with senior leader Nepal -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भनेर माधव नेपालको झुटो प्रचार गरेको बताउनुभएको छ ।जननेता भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा सोमबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले आफुले प्रधानमन्त्रीको प्रस्ताव नगरेकोे भन्दै माधव नेपालले झुटो प्रचार गरेको बताउनुभएको हो ।माधव नेपालप्रति निकै आलोचनात्मक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे भएको टिप्पणी गर्नुभयो । उहाले नेता नेपालले मदन भण्डारीको नामलाई पनि दुरुपयोग गर्दै कार्यकतामाझ भ्रम छर्ने काम गरेको बताउनुभयो ।उहाले कम्युनिस्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने काममा नेता नेपाल सक्रिय भएको र अर्कै बिचार बोक्दा पनि अझै पार्टीबाट राजीनामा नदिएको धारणा राख्नुभयो । प्रचण्डले छेपारोले झैं रंग फेर्ने गरेको आरोप पनि ओलीले लगाउनुभयो ।

त्यस्तै उहाले कांग्रेसले प्रचण्डपथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाउनुभयो । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको आलोचना गर्नुभयो । प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.