October 15, 2021

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन गरिएको छ ।नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा बालुवाटारमा प्रदर्शन गरिएको हो । नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग पनि उनीहरुले गरेका छन् । प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् ।

उनीहरुले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस’ भन्दै नारा लगाएका थिए । कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको फेसवुक स्टाटस राखेका थिए । तर नारायणकाजी श्रेष्ठले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published.