


वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताउनुभएको छ । बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताउनुभयो । उहाले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दैअब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गर्नुभयो । कसैको चाहनामा संसदलाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उहाको भनाई छ ।
उहाले आफैले बिघटन गरेको संसद पुनसर््थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गर्नुभयो । थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारण राख्नुभयो । त्यस्तै उहाले प्रधानमन्त्रीले आफ्नो पद लम्वाउनका लागि नै संसद बिघटन गरेको बताउनुभयो । उहाले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राख्नुभयो त्यस्तै उहाले संवैधानिक आयोगहरुमा भएका नियुक्तिहरु स्वतः खारेज भएको बताउनुभयो ।
