November 30, 2023

प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने कांग्रेसको प्रयासलाई सफल हुन नदिने: अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने कांग्रेसको प्रयासलाई सफल हुन नदिने बताउनुभएको छ ।शनिबार संसद भवन नयाँ बानेश्वरमा एमालेले आयोजना गरेको नेपालमा संसदीय प्रक्रिया तथा कानून तर्जूमा विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिन कांग्रेसले अनेक प्रयास गरिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभएको हो । विश्वासको मत पुग्न नदिन कांग्रेस सभापति शेर बहादुर देउवाले केहि दललाई प्रधानमन्त्रीको अफर गरेको उहाले बताउनुभयो । अबको ५ वर्ष कांग्रेसको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहने उहाको भनाइ छ । उहाले वर्तमान सरकारलाई सफल पार्नु सवैको कर्तव्य भएको भन्दै सुशासन र विकासको लागि उचित र आवश्यक कमल चाल्नका लागि उपयुक्त ढंगले सुझाव दिनुपर्ने बताउनुभयो । समयमा नै उपस्थीत भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन उहाले सांसदहरुलाई निर्देशन दिनुभयो । त्यस्तै ओलीले नेपालमा सरकार बनाउने बिषयमा बाह्य हस्तक्षेप हुन खोजेको र त्यसलाई असफल बनाइएको जिकिर गर्नुभयो । उहाले छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहेको र नेपालमा सरकार बनाउदा आतिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनका लागि ध्यान दिनुपर्ने बताउनुभयो । एमालेको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *