October 10, 2021

प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा

Image result for oli

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धीत नेकपासंग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताउनुभएको छ । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहो¥याउन आफूले पहल गरिरहेको बताउनुभयो ।

उहाले बैशासकमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउदै दुबै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले बैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस भनेर आफुले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको बताउनुभयो । उहाले दाहाल नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.