October 16, 2021

प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्री ओलीले उ्दघाटन

Image result for oli's new office

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न सिंहदरबारस्थीत प्रधानमन्त्री कार्यालयको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उ्दघाटन गर्नुभयो । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन हुने भएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको भवनको प्रबलीकरण गरिएपछि उद्घाटन गरिएको हो ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । पुनःनिर्माण सम्पन्न भई उद्घाटन भएको भवन विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो । सिंहदरबार पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक रु ८७ करोड खर्च भएको छ । उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको प्राधिकरणले जनाए

Leave a Reply

Your email address will not be published.