



खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताउनुभएको छ ।शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उहाले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेको आरोप लगाउनुभयो ।चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने उहाको भनाई छ । नेकपा चुनावी अभियानमा सक्रिय भएर सातैवटा प्रदेशमा सक्रिय भएको बताउनुभयो ।
आफ्ना लागि मन्त्री बन्ने ठुलो कुरा नभएको दाबी गर्दै पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको बताउनुभयो । प्रचण्ड र माधव नेपाल सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको उहाले बताउनुभयो ।उहाले अदालतको निर्णय अगाडि प्रतिनिधिसभा बिघटनको निर्णयमाथि अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजिएको तर्क गर्नुभयो ।
