August 2, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ

K P Sharma Oli sworn in as Nepal Prime Minister

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओलीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो ।राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न समय दिइएको थियो ।

तर तोकिएमो समयभित्र बहुमतिय आधारमा प्रधानमन्त्रीको दावी नपरेपछि राष्ट्रपतिले ठूलो दलको संसदीय दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।त्यस्तै शुक्रबार नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उहाले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो । एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाउनुभएको हो । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published.