



नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बहुमतबाट भाग्न नमिल्ने बताउनुभएको छ ।शुक्रबार थापाथली क्याम्पसमा नेकपाका प्रचण्ड–नेपाल पक्षको बिद्यार्थी भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले ओलीले सहमतिमा आउनुपर्ने कि बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बताउनुभएको हो ।शाक्यले प्रधानमन्त्री ओली अब बहुमतबाट कसैगरी भाग्न नमिल्ने उल्लेख गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियता पनि अस्वाभाविक रहेको भन्दै उहाले पार्टीभित्र चलखेल गर्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाले पार्टीभित्रको बहसले नै पार्टीलाई एकढिक्का बनाउने निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।
भेलामा नेकपा नेतृ रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह सुरु भएको बताउनुभयो । उहाले सचिवालयलमा साझा प्रस्ताव आउने संभावना पनि कम रहेको उल्लेख गर्नुभयो ।त्यस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताउनुभयो । न्यौपानेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गर्नुभयो ।न्यौपानले शीर्ष नेतृत्वको अन्ध भक्त वा अन्धो विरोधले पार्टीलाई नै हानि पु¥याउने तर्क गर्नुभयो ।
