November 26, 2022

प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक

Why Sher Bahadur Deuba As Nepal's New PM Is Good News For India

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गराएको बताउनुभएको छ । शुक्रबार भक्तपुरको ठीमीमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । नेपाल संवत्को प्रचलन र गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोले शंखधरलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको पनि प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । उक्त अवसरमा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गर्नुभयो ।नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले विद्युतीय पात्रोले सांस्कृतिक कुराहरुको बोध गराउने विश्वास समेत व्यक्त गर्नुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (ईसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्का दिन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले विविध कार्यक्रम गरी उनको योगदानको सम्झना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.