



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि काँग्रेसले मरिहत्ते नर्गने बताउनुभएको छ ।खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आइतबार बारामा उद्घाटनगर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न आफू र आफ्नो पार्टी लागि नपरेको बताउनुभएको हो । उहाँले देशको अहिलेको अवस्थालाई मध्यनगर गर्दै जिम्मेवारी काँधमा आए पछि नहट्ने तर प्रधानमन्त्री बन्न ¥याल नचुहाउने जिकिर गर्नुभयो ।सभापति देउवाले नेपाली काँग्रेको महाधिवेशन नजिकिदै गएका कारण नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको ध्यान महाधिवेशन केन्द्रीत हुने बताउदै उहाले निर्वाध रुपमा विना भेदभाव पार्टीका गतिविधिमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन बस्नेतले काँग्रेसले काँग्रेसलाई भोटहाल्ने बानी बसालेको खण्डमा अहिले राजनीतिक अवस्था जस्तो कहिल्यै नआउने बताउनुभयो । उहाले कम्युनिष्टहरुले देशकामा गरेको गद्दारीलाई जनतामाझ उदंग्याउदा नेपाली काँग्रेसलाई अर्को चुनावमा कसैले हराउन नसक्ने बताउदै देशको नेतृत्व गर्ने अवसर नेपाली काँग्रसलाई आए पछि नहट्न आग्रह गर्नुभयो ।उहाले जिल्ला–जिल्लामा खेलकुद गतिविधि निरन्तर जारी राख्ने बताउदै उचित मानिसलाई नेपाली काँग्रले उचित स्थान दिने बताउनुभयो । कुस्ती प्रतियोगिता चैत १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने नेपाली काँग्रेस खेलकुद विभागले जनाएको छ ।
