
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको राजनीतिलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सहमतिमा अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्दै अपमान नभई सहमतिको राजनीतिलाई अघि बढाउने बताउनुभएको हो । राष्ट्रिय संकटको बेला राजनीतिक दल मिलेको र मिलेर अघि बढ्दा मात्रै देश अघि बढेको उहाको भनाइ छ । प्रचण्डले मुलुकमा देखिएको आर्थिक संकट लगाएतका समस्यामा समाधानका लाथि अर्थपूर्ण सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।प्रचण्डले आफुले देश र जनताका लागि गर्ने कामको फेहरीस्त प्रस्तुत गर्दै क्यालेण्डर र टाइम कार्ड बनाएर कार्यक्रमहरु कार्यान्वयन गर्ने बताउनुभयो । कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य नभएको भन्दै प्रचण्डले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज तथा प्रविधिमैत्री बनाई जनतालाई चुस्त र नागरिकमैत्री सरकारको अनुभूति दिलाउन राष्ट्रसेवकलाई जिम्मेवार र उत्तरदायी बनाइने दावी गर्नुभयो । उहाले आफुले लिएका लक्ष्य सरकारका घटकमात्र नभई सिंगो संसदलाई साथसाथै लैजान सकेमात्र पूरा हुने बताउनुभयो । संसदमा पूर्ण विश्वास र आपसी सद्भावको वातावरणको पक्षमा आफु रहेको उहाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले यसपटक पनि संसदको विभाजन नहोस् र देशले एकता र सहकार्यको सन्देश प्राप्त गरोस भन्नका लागि बिना कुनै पूर्वाग्रह सबै राजनीतिक दलहरूसँग सहकार्यका लागि प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।
तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र मात्र आफु नउभिएको भन्दै उहाले संसदमा उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने बताउनुभयो ।