November 30, 2023

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुनर्गठनसँगै कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त हुनुभएको छ । सोमबार नै राष्ट्रपति भण्डारीले उनीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । सपथ पछि नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्ने क्रममा कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंहले मलखालको समस्यालाई समाधान गर्न ध्यान केन्द्रीत गर्ने बताउनुभयो । त्यस्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयलाई राम्रोसंग बुझेर सुधारका काम गर्ने बताउनुभयो । उहाले १ सय ५ स्थानीय तहमा खोलानाला, सडक पोखरी नजिक बृक्षारोपण गर्र्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाले पार्टीभित्र रहेको फरक मतलाई स्वभाविक रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद हेरफेर गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *