
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्री हुनु आफ्ना लागि परिक्षा भएको र उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासङ्घको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा आफु प्रतिवद्ध रहेको र परीक्षामा उत्तीर्ण हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री प्रचण्डले इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने जिकिर गर्नुभयो । त्यस्तै उहाले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने बताउनुभयो । उहाले हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र भएको र यसलाई राम्रोसँग विकास गर्न सकिए व्यापार घाटा कम गर्न सकिने धारणा राख्नुभयो ।
आफुले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको उहाको भनाइ छ । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।