December 5, 2023

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धीत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर फेरफेर गरेको आरोप लगाएको एमालेले सदनमा अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठक बहिष्कार गरेको हो । बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो । सो क्रमा उहाले करको दर छलफल गरेरै निर्धारण गरेको बताउनुभएको थियो । उहाले राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु रहेको र त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको समेत बताउनुभयो । एमालेको अवरोधबिच जवाफ दिनुभएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात भएको भए त्यसको जिम्मा आफुले लिने बताउनुभएको थियो । अर्थमन्त्रीको जवाफपछि एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले अर्थमन्त्रीको जवाफ नसुन्ने बताउनुभयो । उहाले त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको बताउनुभयो । ्

उहाले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *