March 27, 2023

प्राथमिकतामा राख्न सीटीईभीटीका पदाधिकारीलाई निर्देशन

Devendra Paudel Archives - OnlineKhabar English News

शक्षामन्त्री देवेन्द्र पौडेलले सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बनाउने बिषयलाई प्राथमिकतामा राख्न सीटीईभीटीका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । बिहीबार भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको अनुगमनका क्रममा मन्त्री पौडेलले सीप सिक्ने, काम गर्ने, आफैं कमाउने र आत्मनिर्भर बन्ने कुरालाई नारा बनाएर संस्थालाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो ।पाठ्यक्रमलाई सुधार गर्ने बिषय र प्रक्रियागत समस्यालाई हल गर्न मन्त्रालय तयार रहेको उहाले बताउनुभयो ।

उहाले देशैभरी सीटीईभीटीको कामलाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले सीटीईभीटीलाई प्रभावकारी बनाउन र संस्थालाई सुधार गर्न आफ्नो सकारात्मक साथ र सहयोग हुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.