November 21, 2022

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर बिभिन्न काम गरेको बताउनुभयो । त्यस्तै उहाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको धारणा राख्नुभयो । उहाले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार नीतिको कार्यान्वयनका लागि आवश्यक ऐन कानून बनाउनुपर्र्नेमा जोड दिनुभयो ।

त्यस्तै अन्य सहभागीहरुले कोरोना प्रभावित पत्रकारहरुका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published.