June 24, 2024

फुटबलमा च्यासल युथ क्लबको पहिलो जित

FOOTBALL News: Latest FOOTBALL News | FOOTBALL Live News Online - News18

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरेका हुन । खेलको १७ औं मिनेटमा च्यासलका मिडफिल्डर अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुश्किलले बचाए थिए । एपीएफका आशिष लामाले ३० औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरिएको थियो । खेलको ४० औं मिनेटमा कर्नरबाट आएको बलमा च्यासलका विकास मेराग्लियाको हेडर एपीएफका राजन गुरुङले गोललाईन नजिकैबाट बचाए । लगत्तै च्यासलका सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले क्लियर गरिदिएका थिए ।

खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा सुन्दर गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो । जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ ।

3 thoughts on “फुटबलमा च्यासल युथ क्लबको पहिलो जित

  1. With havin so much content and articles do you ever run into any problems of plagorism or copyright violation? My
    site has a lot of unique content I’ve either created myself or outsourced but it looks like a lot of it is popping it up all over the
    internet without my permission. Do you know any solutions
    to help prevent content from being stolen? I’d genuinely appreciate it.

    I saw similar here: Najlepszy sklep

  2. Wow, amazing blog structure! How long have you ever been blogging for?
    you made running a blog look easy. The entire glance of your website is magnificent, as
    neatly as the content material! You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *