March 29, 2024

फुटबलमा जावलाखेल युथ क्लबको जित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जावलाखेलले दुई गोल गरेको थियो । खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ ।

सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *