
काठमाण्डौ क्षेत्र न २ का स्वतन्त्र उम्मेदवार अनुप बोहोराले प्रतिनिधि सभाका लागि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले प्रतिनिधि सभाका लागि क्रश खुकुरी चिन्ह प्राप्त गर्नुभएको छ । उहाले काठमाण्डौ क्षेत्र न २ का प्रत्येक पालिकामा ५०—५० मेडिकल , डाक्टर र इञ्जिनियर उत्पादन गर्न भुमिका खेल्ने र, प्रत्येक बर्ष २ हजार विधार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने, कृषि पर्यटन खानेपानी तथा खेलकुद क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु संञ्चालन गर्ने, युवा उद्यमशिलताका विकासका लागि प्रतिबर्ष ५ सय युवालाई तालिम दिने, सूचना प्रविधिको हव र सिलिकन भ्याली स्थापना गर्ने, कला सस्कृति र सास्कृतिक धरोहर सम्पदाको संरक्षण गर्ने, नागरिक प्रशासनिक र सामाजिक रुपमा आइपरेको समस्या समाधान गर्न हरपल सक्रिय रहने तथा फोहोर व्यबस्थापन र फोहोरलाई मोहरमा रुपान्तरण गर्ने जस्ता विभिन्न घोषणा पत्र तथा प्रतिबद्धता जनाउनु भएको छ ।
र भ्रष्टाचार अन्त्यको एकै माध्यम भनेको सूचना प्रविधि आयोग हो। आयोगमार्फत दश हजार युवालाई सरकारी संयन्त्रमा राखेपछि सरकारी कार्यालयहरू आयोगको नियन्त्रणमा रहन्छन्। र भष्टाचार अन्त्य हुन्छ जस्ता अभिब्यक्ति पनि दिएका छन