July 13, 2024

फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित

प्रतिनिधिसभाको बैठकले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरेको छ । बिहीबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त बिधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि बैठकमा सांसदहरुले बिधेयकमाथि राखेका प्रश्नको जवाफ दिदै कानूनमन्त्री कोईरालाले संवेदनशिल बिषयमा हल्का रुपमा टिप्पणी गर्दा अन्य क्षेत्रमा पनि त्यसले असर पार्ने बताउनुभयो । जतिवेला पनि अन्तराष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पार्न सक्ने गरि राजनीतिकरण गरेर बिषयबस्तु उठाउदा पनि समस्या हुन सक्ने उहाको भनाई छ । उहाले बिधेयमाथिको छलफलमा भाग लिदा जुन बिषय हो त्यसमा केन्द्रीत रहेर सांसदहरुले भनाई राख्दा उचित हुने बताउनुभयो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ भने यस्तै, बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *