December 5, 2023

बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न आग्रह

Bishnu Poudel as finance minister is the wrong man at the wrong place at  the wrong

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ ल्याएको दावी गर्नुभएको छ ।आगामी आर्थिक बर्ष २०७८\७९ का लागि सरकारले ल्याएको बजेटका सन्दर्भमा आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभयो । उहाले कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसैअनुरुप बजेट केन्द्रित गरिएको जानकारी दिनुभयो । मन्त्री पौडेलले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।मन्त्री पौडेलले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएकाले कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको धारणा राख्नुभयो ।

उहाले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने उल्लेख गर्नुभयो ।अर्थमन्त्री पौडेलले कोरोनाले असर पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने योजना अनुरुप बजेट ल्याइएको धारणा राख्नुभयो ।यसअघि शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *