January 19, 2022

बन्दसत्रमा फरक मत भनेर विवाद हुने बिषय नआएको दावी :प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बन्दसत्रमा फरक मत भनेर विवाद हुने बिषय नआएको दावी गर्नुभएको छ । बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्र्रचण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै बिवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र बिचार आएको जिकिर गर्नुभयो । लेखनाथ न्यौपानेको फरक मत पनि आफुले हेरेको र आफुलाई सहयोग पुग्नेगरिनै सुझाव आएको उहाको भनाई छ । समूहगत छलफलका सवै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उहाले बताउनुभयो । उहाले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिनुभयो ।

प्रचण्डले महाधिवेशन व्यवस्थीति र अनुशासित रुपमा अघि बढिरहेको जिकर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.