November 30, 2023

बालाजु–ककनी–रानीपौवा सडक कालोपत्रे सुरु

लामो समयदेखि अलपत्र बनेको बालाजु–ककनी–रानीपौवा सडक कालोपत्रे सुरु भएको छ ।विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले सोमबारदेखि काठमाडौं–नुवाकोट जोड्ने सो सडक अन्तर्गतको मुड्खु–तीनपीप्ले खण्डमा कालोपत्रे सुरु गरेको हो ।सोमबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उक्त सडकको स्थलगत अनुगमन गर्नुभयो । सडक कालोपत्रे गर्न अधिकारीको शैलुङ कन्ट्रक्सनलाई निरन्तर ताकेता गरेपछि कालोपत्रे सुरु भएको राज्यमन्त्री मानन्धरले बताउनुभयो ।

सडकखण्डको काठमाडौं जिल्लातर्फको सडक कालोपत्रे यो महिनाभित्र सकिने मानन्धरले जानकारी दिनुभयो । उहाले देशभरिका सडक लगायतका भौतिक विकासका आयोजना निर्माणले अब गति लिने पनि दाबी गर्नुभयो ।उक्त सडक समयमा नै निर्माण नभएपछि यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र राज्यमन्त्री मानन्धरसँग पनि नुवाकोटका संघीय सांसद नारायण खतिवडासहितको टोलीले छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *