


समान धार्मिक सांस्कृति र जातिय अधिकारका सार्थ सार्वभौम नेपालको स्थापना गर्न भन्दै गठन गरिएको सेभ द नेशन मुभमेन्टले बाहिय हस्तक्षेपबाट मुलुकलाई मुक्त बनाउनुपर्ने जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेभ द नेशन मुभमेन्टले देशको सिमा सुरक्षा गर्दै बाहिय हस्तक्षेपबाट मुलुकलाई मुक्त बनाउनुपर्ने जनाएको हो । त्यस्तै एमसीसी लागू गर्ने भए एमसीसी र जलश्रोत मन्त्रालयबीच सम्झौता गर्नुपर्ने पनि उसको भनाइ छ । त्यस्तै सम्पूर्ण जात जााती भाषा सस्कृति र धर्मलाई समान अधिकार प्राप्त गर्ने संविधान लेखन गर्न अभियान नै सञ्चालन गर्ने सेभ द नेशन मुभमेन्टका संयोजक कासी राम गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै स्वास्थ्य, शिक्षा र रोजगार तथा गाँस बास र कपासलाई नैसर्गिक अधिकार बनाई जनतालाई शान्ति र सुरक्षा प्रदान गर्ने र भ्रष्टचार निर्मूल पार्ने उदेश्यक रहेको गुरुङले बताउनुभयो । त्यस्तै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका साथै राष्ट्रिय अखण्डतालाई सर्वोपरि ठानी समाजमा भएका सवै कुरिती भेदभावको अन्त्य गर्नुपर्ने संयोजक गुरुङले बताउनुभयो ।
