


नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसलाई प्ररास्त गर्न सवै एकजुट हुनुपर्ने बताउनुभएको छ ।जुछे अध्ययन बिचार केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले देशी बिदेशी शक्तिहरु कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्रमा लागेको बताउनुभएको हो ।
उहाले समाजवादमा जाने अवसर नेपालकै केहि कम्युनिष्टका कारण नै गुमेको उल्लेख गर्नुभयो । नेता श्रेष्ठले संसद पुर्नस्थापना भएपनि मुलुकमा राजनीतिक संकटको खतराबाटमुक्त भइनसकेको तर्क गर्नुभयो । उहाले पदीय स्वार्थका लागि बिदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृति देखिएको भन्दै अहिलेको अवस्था ठिक त्यस्तै रहेको बताउनुभयो ।उहाले राजनीतिक उपलव्धीको रक्षा गरेर प्रतिगमनकोबिरुद्ध लड्नुपर्ने बेला आएको धारणा पनि राख्नुभयो ।
