January 20, 2022

बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुने :कुलमान घिसिङ

Four-year tenure of Kulman Ghising ends - The Himalayan Times - Nepal's  No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business,  World, Sports, Entertainment, Travel, Life Style News

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुने बताउनुभएको छ । शनिवार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै घिसिङले विद्युत प्रशारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत आपूर्तिलाई छिट्टै समाधान गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन लागेको बताउनुभएको हो । उहाँले उत्पादन भएका विद्युतलाई सकेसम्म नेपालभित्रै खपत गर्ने बताउदै उद्योगहरुले मागे जति विद्युत उपलब्ध गराइने बताउनुभयो । त्यस्तै उहाले उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिने बताउनुभयो ।

घिसिङले सवस्टेसन निर्माण र केही ट्रान्समिसन लाईन विस्तार भइरहेकाले अहिले परिक्षण स्वरुप भारतमा विद्युत बिक्री गरिएको बताउनुभयो । घिसिङले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन,कानून नै बाधक भएकोले काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने देखिएको धारणा पनि राख्नुभयो ।

Leave a Reply

Your email address will not be published.