January 19, 2022

बिद्युत उत्पादनमा नेपालको नेतृत्वदायी भूमिका हुने

KP Sharma Oli out, SC orders Sher Bahadur Deuba to be made PM - Times of  India

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारी साधनको प्रवद्र्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन सरकारले बिशेष कार्ययोजना बनाएर लागू गर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो देशको बिद्युत खपतका लागि सरकारले बिशेष कार्ययोजना बनाएर लागू गर्ने बताउनुभएको हो । उहाले केहि बर्षपछि बिद्युत उत्पादनमा नेपालको नेतृत्वदायी भूमिका हुने समेत बताउनुभयो । प्रधानमन्त्री देउवाले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वाससमेत दिलाउनुभयो ।त्यस्तै उहाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताउनुभयो ।

सोलारमा राज्यको नीतिका बिषयमा छलफल आवश्यक रहेको भन्दै उहाले बिद्युत व्यापारमा उठेका बिषयलाई पनि सम्बोधन गर्न तयार रहेको उहाले बताउनुभयो । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले १० बर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य पुरा गर्न आफुहरु तयार भएको भन्दै यसका लागि राज्यले उचित नीति बनाउनुपर्ने धारणा राख्नुभयो । आन्तरिक खपतका साथै व्यापारका लागि पनि राज्यले सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले ऊर्जा उत्पादनमा योगदान पु¥याउनेलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.