December 5, 2023

बिधि र पद्धती भन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने: गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिधि र पद्धती भन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने ग्यारेन्टी गर्नुभएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराएपछि गृहमन्त्री लामिछानेले बिधि र पद्धती भन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानूनी प्रक्रियामा कसैको दवाव र प्रभाव स्वीकार नगर्ने बताउनुभएको हो । उहाले बिधि स्थापीत गरेर कर्मचारीको सरुवा बढुवामा पनि बिधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता गृहमन्त्रालय टसमस नहल्लिएको स्पष्ट पार्नुभयो । गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दवाव र प्रभाव आउनेछैन भन्ने विश्वास दिलाउनुभयो । त्यसअघि बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गर्नुभएको थियो ।

फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *